काठमाडौं । प्रभु बैंकले नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदीप खड्कालाई पुनः ब्राण्ड एम्बेटरमा नियुक्त गरेको छ । बैंकले अभिनेता खडकालाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार प्रदिप खड्कालाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
खड्का विगत तीन वर्षदेखि प्रभु बैंकको ब्राण्ड एम्बास्डर रहेका छन् ।