काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित चुनावी कार्यक्रममा हेरफेर भएको छ । यसअघि कांग्रेसले भदौ २ देखि देशभर चुनावी अभियान सञ्चालन गर्ने भनिएकामा त्यसलाई सारेर ७ गते पुर्याइएको छ ।
महामन्त्री गगन थापाले चुनावी अभियान कार्यक्रम हेरफेर गरिएको भन्दै अब भदौ ७ देखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिए । यसअघि भदौ २ देखि २४ गतेसम्म कार्यक्रम सञ्चालन हुने गत केन्द्रीय समिति बैठकले तय गरेको थियो ।