logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कांग्रेस–एमालेलाई राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सकिन्छ: अध्यक्ष लिङ्देन

    कांग्रेस–एमालेलाई राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सकिन्छ: अध्यक्ष लिङ्देन

    3.5K
    Shares
    कांग्रेस–एमालेलाई राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सकिन्छ: अध्यक्ष लिङ्देन

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बलियो हैसियत बनाउन सके कांग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने बताएका छन् । शनिबार राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आफूहरुको मात्र दुई तिहाइ बहुमत नचाहिने बताए ।

    ‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र ! यो भोट मागेर कति सिट ल्याएर राजा ल्याउने हो, हिन्दु राष्ट्र ल्याउने हो, कहिले संघीयता फाल्ने हो भनेर भन्नुहुन्छ’ अध्यक्ष लिङ्देनले भने, ‘तर मलाई विश्वास छ । राप्रपाजस्तो पार्टीले दुई तिहाइ बहुमत नल्याए पनि एउटा बलियो हैसियत प्राप्त गरेपछि यही कांग्रेस–एमालेहरुलाई यो देशमा कुनै न कुनै प्रकारको राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्न वातावरण बनाउन सकिन्छ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend