logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मेयर बालेनलाई काठमाडौंको फोहोर व्यवस्थापन चूनौतीपूर्ण बन्दै, पाइलै पिच्छे अवरोध

    मेयर बालेनलाई काठमाडौंको फोहोर व्यवस्थापन चूनौतीपूर्ण बन्दै, पाइलै पिच्छे अवरोध

    2.8K
    Shares

    काठमाडौँ ।  काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।

    काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर बोकेका ट्रकलाई आइतबार काठमाडौं तारकेश्वर नगरपालिका–३ का स्थानीयले नै अवरोध गरे । खानेपानीको मुहानमा फोहोर फालेको भन्दै गाडी रोकेपछि बन्चरेडाँडा गएको गाडी बाटैमा रोकिए ।

    फोहोर फाल्नेहरूलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपर बन्चरेडाँडा जान रोकिएका थिए । फोहोर हटाउने र जनप्रतिनिधि तथा प्रहरीको सक्रियतामा फोहोर फाल्ने चालकको पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढेपछि अवरोध हट्यो ।

    काठमाडौंको अवरोध हटे पनि लगत्तै ककनी गाउँपालिकास्थित कागती गाउँमा गाडीको ठक्करबाट बाख्रा मरेको भन्दै आइतबार नै फेरि अवरोध सिर्जना भयो । बाख्राको क्षतिपूर्ति दिने सहमतिपछि सो ठाउँको अवरोध हटे पनि फोहोर बोकेका ट्रकबीच बाटैमा रोकिएका छन् ।

    काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बन्चरेडाँडामा स्काभेटर नभई फोहोर फाल्न नसक्ने अवस्था रहेको र सोमबार बिहान मात्र स्काभेटर पुगेपछि फोहोर विसर्जन थालिने बताए । उनका अनुसार फोहोर बोकेका १ सयवटा टिपर अहिले बाटोमा नै रोकिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend