logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजारमा हरियाली : नेप्से परिसूचक ५५.८८ अंकले वृद्धि

    शेयर बजारमा हरियाली : नेप्से परिसूचक ५५.८८ अंकले वृद्धि

    4.1K
    Shares

    काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार उच्च अंकले वृृद्धि भएको छ । सोमवार नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ ।

    सोमवार कारोबारमा आएका २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनाका नेप्से र कारोबार रकम दुबै बढेको छ । आईतवार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    नेप्सेको १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ । जसमा फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ ।

    नेप्से बढेसँगै इन्भेष्टमेण्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, रिभर फल्स पावरको ९.९९ प्रतिशत र पञ्चकन्या हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ। तर यता रिडि हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ भने
    गुराँस लघुवित्तको २.७० प्रतिशतले घटेको छ । सोमवार शिवम सिमेन्टको २१ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend