logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • चुनावी तालमेलसम्बन्धी आवश्यक निर्णय गर्ने सम्पूर्ण जिम्मेवारी राजेन्द्र लिङ्देनलाई

    चुनावी तालमेलसम्बन्धी आवश्यक निर्णय गर्ने सम्पूर्ण जिम्मेवारी राजेन्द्र लिङ्देनलाई

    3.3K
    Shares
    चुनावी तालमेलसम्बन्धी आवश्यक निर्णय गर्ने सम्पूर्ण जिम्मेवारी राजेन्द्र लिङ्देनलाई

     

    काठमाडौं । राप्रपाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चुनावी तालमेलको ढोका खोलेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनितिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि राप्रपाले निर्णय गरेको छ।

     

    केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा लगायतको उपस्थितिमा बसेको बैठकले निर्वाचन भयरहित र धाँधलीरहित ढंगबाट सम्पन्न हुने वातावरण बनाउन पनि सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend