logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपति भण्डारी पोखरामा

    राष्ट्रपति भण्डारी पोखरामा

    3.5K
    Shares
    राष्ट्रपति भण्डारी पोखरामा

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन् । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए ।

    राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसेकी छन् । उनी मङ्गलबार बिहान ८:३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति मंगलबार नै दिउँसो १० बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौं फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend