logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बाबुराम माओवादी नहुने तर माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने !

    बाबुराम माओवादी नहुने तर माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने !

    4.6K
    Shares

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । मंगलवार माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्र को चुनाव चिन्ह हसिया हतौडामा चुनाव लड्नको निमित्त स्वीकृति दिएको बताए । उनले दुवै नेताले राखेका केही शर्तहरुका बारेमा भने बुधवार छलफल हुने बताए ।

    उनले नेता भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको सुनाए । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक बुधवार बिहान बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend