logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको छः उपाध्यक्ष तामाङ

    अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको छः उपाध्यक्ष तामाङ

    3K
    Shares
    अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको छः उपाध्यक्ष तामाङ

    काठमाडौं । नेपाली काँग्रेसबाट पालिका तहमा चुनिएका स्थानीय जनप्रतिनिधिहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको बताएका छन् । ललितपुरमा भइरहेको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुको जनअभिमुखी कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनीहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय सरकारलाई थप सशक्त र जनमुखीकरण कसरी बनाएर लैजाने भन्ने बारेमा प्रशिक्षण भइरहेको बताए ।

    उनीहरुले स्थानीय जनप्रतिनिधिहरुले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको बताए । मंगलवार सञ्चारकर्मीहरुसँग बोल्दै नुवाकोटको म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले नयाँ जनप्रतिनिधिलाई काम गर्ने चुनौती रहेको भन्दै कसरी जनमुखी काम गर्ने भन्ने बारेमा सिकाइएको बताइन् । उनले स्थानीय तहका योजना तर्जुमा र प्राकृतिक श्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिएको बताइन् ।

    उनले भनिन्, ‘नयाँ जनप्रतिनिधिहरुलाई काम गर्ने चुनौती छ । प्रशिक्षण कार्यक्रमले ती कामहरु कसरी गर्ने, कसरी जनमुखी कामहरु गर्ने भन्ने बारेमा प्रशिक्षण दिइरहनुभएको छ । जनप्रतिनिधिका काम के हुन्, अधिकार के हो भन्ने बारेमा प्रशिक्षण दिनुभएको छ । योजना तर्जुमा, प्राकृतिक श्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिनुभएको छ । प्राकृतिक श्रोतको पहिचान गरेर कसरी फाइदा लिने र पालिकाको विकास गर्ने भन्ने बारेमा पन िछलफल भयो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend