logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मोरङमा २७ हजार मतदाता थपिए

    मोरङमा २७ हजार मतदाता थपिए

    3.3K
    Shares
    मोरङमा २७ हजार मतदाता थपिए

    मोरङ । मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् ।

    गत वैशाख ३० गते सम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष तीन लाख ६३ हजार चार सय ४८, महिला तीन लाख ५१ हजार सात सय ६९ र छ अन्य गरी सात लाख १५ हजार दुई सय २३ मतदाता थिए ।

    कार्यालयका प्रमुख लवनकस्यप अधिकारीले मोरङमा पाँच मतदानस्थल थप र सात मतदान स्थल सार्न केन्द्रमा पत्राचार गरिएको जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनमा जिल्लाको १७ पालिकामा सम्पन्न निर्वाचनमा तीन सय मतदानस्थलमा आठ सय २० केन्द्र थियो । स्थानीय पालिका निर्वाचनमा उम्मेदवार भएकामध्ये मोरङमा चार सय ६२ ले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

    प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार जिल्लाको १७ स्थानीय पालिकाका उम्मेदवार भएका चार हजार तीन सय ४६ मध्ये ११ प्रतिशतले मात्र निर्वाचन खर्च विवरण बुझाएको जनाएको छ । स्थानीय निर्वाचनमा उम्मेदवार भएका ४७ प्रतिशतले खसेको सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend