काठमाडौं । फोहोर व्यवस्थापनलाई असफल बनाउन राजनीतिक खेल भइरहेको टिप्पणी गर्दै आएका काठमाडौं महानगरका मेयर बालेन शाहले एउटा समस्या उजागर गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामै तोकेर फोहोर व्यवस्थापन हुन नसक्नुको एउटा समस्या उजागर गरेका हुन् ।
उनले मासजिक सञ्जालमा लेखेका छन् – श्रीमान प्रचण्डज्यू उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।