logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उपेन्द्र यादवले बोलाए जसपाको बैठक, यी ४ एजेण्डामा छलफल हुने

    उपेन्द्र यादवले बोलाए जसपाको बैठक, यी ४ एजेण्डामा छलफल हुने

    3.2K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठक बिहीबारसम्म चल्नेछ । पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ ।

    १५१ सदस्यीय राजनीतिक समिति जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो । जसपाको विधानमा ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरू पनि उपस्थित रहने कार्कीले जानकारी दिए ।

    बैठकमा यी एजेन्डाहरुमा छलफल हुनेछ :

    १.आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी सम्बन्धमा ।

    २. गठबंधन दलभित्र सीट संख्या बिभाजन र उम्मेदवारहरुको मापदण्ड निर्धारण ।

    ३. बिभाग तथा भ्रातृ संगठनहरुको पुनर्गठन बारे ।

    ४. संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरु ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend