logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैंकिङ्ग क्षेत्रका कुलमान,जसले बनाए सरकारी स्वामित्वको बैंकलाई नम्बर वान नाफामुलक बैंक

    बैंकिङ्ग क्षेत्रका कुलमान,जसले बनाए सरकारी स्वामित्वको बैंकलाई नम्बर वान नाफामुलक बैंक

    15.2K
    Shares
    बैंकिङ्ग क्षेत्रका कुलमान,जसले बनाए सरकारी स्वामित्वको बैंकलाई नम्बर वान नाफामुलक बैंक

    काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्थीक वर्ष २०७८÷०७९मा सबैभन्दा धेरै नाफा कमाउदै सरकारी संस्थाहरुमा गर्व लायक संस्था बनेको छ। सरकारी स्वामित्वमा रहेका अधिकांश संस्थाहरु टाट पल्टिरहेका बेला प्रातिस्पर्धात्मक बजारमा निजि क्षेत्रका बैंकहरुलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षमा गरेको प्रगति लोभलाग्दो छ।

    पछिल्लो समय निरन्तर नाफा हासिल गर्न सफल सरकारी कम्पनीहरु बिद्युत प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक हुन्। बिद्युत प्राधिकरण एकाधिकार बजार र नेपाल टेलिकम सिमित प्रतिस्पर्धात्मक बजारमा नाफा आर्जन गर्ने संस्था हुन्। तर ति दुई भन्दा पृथक पूर्ण प्रतिस्पर्धी बजारबाट राष्ट्रिय वाणिज्य बैंकले आफुलाई हरेक सूचांकमा अब्बल बनेर नाफा कमाउने नम्बर वान बैंक बन्नु  कम चुनौतीपूर्ण बिषय थिएन।

    राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक भएकोले सरकारका हरेक निर्णयमा गैरनाफामुलक हिसावले सरकारको सारथी बन्नुपर्ने बाध्यताका बीच  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा परिक्षकको अडिट, सार्वजनिक लेखा समिति प्रति जवाफदेही हुदै निजि क्षेत्रका बैंक भन्दा अब्बल भएर निस्कनुलाई आर्थिक बिज्ञहरुले नेतृत्वको व्यवस्थापकीय कुशलता भएको बताउछन।

    हुन् पनि नेपाल बैंकमा ३० वर्ष र ४ दशक बैंकिङ्ग क्षेत्रको अनुभव भएका किरण कुमार श्रेष्ठले वि।स २०७२ साल चैतमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) को रुपमा जिम्मेवारी सम्हालेपछि बैंक हरेक सूचांकमा निजि क्षेत्रलाई पछि पार्दै ०७९ सालमा आइपुग्दा नाफा आर्जन गर्ने नेपालकै पहिलो बैंक बन्न सफल भएको छ।

    सरकारका नीति नियमलाई पछ्याउदै निजि क्षेत्रको अवस्थ प्रतिस्पर्धालाई पछि पार्दै जनताको मन र विश्वास जित्दै पहिलो रोजाईको बैंक बन्न त्यति सहज थिएन । तर सीईओ श्रेष्ठको कार्यकुशलता अनुभव र इमान्दारीताले राष्ट्रिय बाणिज्य बैंक गर्व गर्न लायक बनेको बैंकका कर्मचारीको बुझाई छ ।

    बैंकमा कार्यरत कर्मचारीका अनुसार बैंकलाई कर्मचारी भर्ना तथा छनौट प्रक्रिया समेत सहज छैन। निजि क्षेत्रले जस्तो चाहेको बेला चाहेका कर्मचारी स्वेच्छाले भर्ना गर्न बैंकले सक्दैन। लोक सेवाको लामो प्रक्रिया पार गर्दै आएका कर्मचारी नियुक्त गर्नुपर्ने र तिनलाई रिजाएर काम गराउनु पर्ने बाध्यतामा बाणिज्य बैंक छ।

    बैंकले यी सबै प्रक्रिया पार गर्दै देशका अन्य सरकारी तथा निजी सबै बैंकहरुलाई पछि पार्दै गत आर्थिक वर्ष २०७८÷७९ मा ५ अर्ब २१ करोड खुद नाफा र सो भन्दा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ४२ करोड खुद नाफा कमाउन सफल भएको छ।

    बैंकलाई विगत ७ बर्षदेखि नेतृत्व गरेका श्रेष्ठ सरकारी स्वामित्वकै नेपाल बैंकको महाप्रबन्धकबाट अवकास पाएका व्यक्ति हुन् । त्रिभुवन विश्वविद्यालयबाट जनप्रसाशन विषयमा स्नातकोत्तर गरेका सीईओ श्रेष्ठले वि।स २०४३ सालबाट आफ्नो बैंकिङ्ग करियर सुुरु गरेका थिए ।

    दुई कार्यकाल नेतृत्व गरेर श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकलाई अब्बल सरकारी संस्थाको सुचीमा दर्ज गराउन सफल भएपछी धेरैले उनलाई बैकिङ्ग क्षेत्रका कुलमान भनेर समेत भन्न थालेका छन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend