logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छः मन्त्री कुँवर

    नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छः मन्त्री कुँवर

    2.9K
    Shares
    नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छः मन्त्री कुँवर

    काठमाडाै‌ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रविधि निर्यात गर्ने देशको रुपमा नेपाललाई विकसित गर्नुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा मन्त्रालयमा भएको सामाजिक सुरक्षा कोषको एप्लीकेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

    मन्त्री कुँवरले केही समय पहिला सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ भन्नेजस्ता आरोप लागेपनि अब भने सक्रिय भएको बताए । उनले अरुको तुलनामा देशको प्रविधि बिकाउ हुने गरेर मेहनत गर्न आवश्यक रहेको बताए । मन्त्री कुँवरले नेपाल अब प्रविधि, पुँजी, सीप भित्र्याउने देश बन्न नहुने भन्दै प्रविधि निर्यात गर्ने देश बन्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषलाई अझै व्यवस्थित गर्ने, दायरा बढाउने, सामाजिक सुरक्षा कोष सबैको सुरक्षित गन्तव्य हो भन्ने महशुस गराउनुपर्ने आवश्यक्ता रहेको बताए ।

    उनले भने, ‘सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ, यसका गतिविधिहरु अघि बढेका छैनन्, यो ठप्प भएको छ, यसको मोविलिटी बढेको छैन, भन्नेकुराको आक्षेप लागेको थियो । तर यसलाई चुनौती दिँदै सामाजिक सुरक्षा कोषले नयाँ कदम अघि बढाएको छ । हामीले अझै नयाँ कुराको सिर्जना गर्ने हो । हामीले अरुको तुलनामा हाम्रो प्रविधि बिकाउ हुने गरेर मेहनत गर्नुपर्छ । नेपाल अब प्रविधि, पुँजी, सीप भित्र्याउने देश होइन, प्रविधि निर्यात गर्ने देशको रुपमा अघि बढाउनुपर्ने जरुरी देखिएको छ । सामाजिक सुरक्षा कोषलाई अझै व्यवस्थित गर्ने, यसका दायरालाई बढाउने, सामाजिक सुरक्षा कोष हामी सबैको सुरक्षित गन्तव्य हो भन्ने महशुस गराउनु पर्छ । यसमा सम्मिलित भएपछि यसले हाम्रो भविष्यको सुरक्षा गर्छ भन्ने अनुभुति दिलाउने गरी काम गरौँ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend