logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • जस्मिन पेन्ट्सको वर्षै भरी हर्ष योजना :  हरेक महिना एक लाख नगद जित्ने मौका

    जस्मिन पेन्ट्सको वर्षै भरी हर्ष योजना :  हरेक महिना एक लाख नगद जित्ने मौका

    2.2K
    Shares

    काठमाडौं । जस्मिन पेन्ट्सले ‘वर्षै भरी हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति’ भन्ने स्लोगनका साथ ग्राहक लक्षित उपहार योजना सञ्चालमा ल्याएको छ । चाडपर्व सँग–सँगै वर्षै भरी खुसियाली साट्ने उद्देश्यका साथ यही भादै १ गतेदेखि २०८० साउन मसान्त सम्म उक्त योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

    यस योजना मार्फत जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत प्रत्येक महिना एक सय १२ जनाले विभिन्न उपहारहरु प्राप्त गर्नेछन्। जस अन्तर्गत प्रत्येक महिना एक जनाले नगद एक लाख रुपैयाँ, एक जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रीक राइस कुकर र एक सय जनाले आकर्षक भित्ते घडी प्राप्त गर्नेछन्।

    यस उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले अनिवार्य रूपमा जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गर्नुपर्ने छ । ७५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको खरिदमा एउटा कुपन, एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्मको खरिदमा दुई वटा कुपन र एक लाख ५० हजार रुपैयाँदेखि माथिको खरिदमा तीन वटा कुपन ग्राहकहरूलाई प्रदान गरिने छ ।

    सोही कुपनको अर्धकट्टीलाई लक्की ‘ड्र’ मा समावेश गरिने छ। यसरी लक्की–ड्र मा समावेश गरिएका कुपनहरू बाटै प्रत्येक महिना एक सय १२ जना भाग्यशाली बिजेता बन्ने कम्पनीले बताएको छ। यस उपहार योजनामा मार्फत हामी र हाम्रा उपभोक्ताहरू बीच थप आत्मीयता बढ्ने विस्वास कम्पनीले लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend