logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • यूएईमा हुने इन्टरनेशनल लिग टी–२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

    यूएईमा हुने इन्टरनेशनल लिग टी–२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

    4K
    Shares
    यूएईमा हुने इन्टरनेशनल लिग टी–२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

     

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी–२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लान्सर क्यापिटलको स्वामित्वमा रहेको डिजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

    जसमा सन्दीपसहित साम बिलिङ्स, वानिन्दु हसरंगा, टम कुरान, शेल्डन कट्रेल, बेन डकेट, एलेक्स हाल्सलगायत छन् ।

    २२ वर्षीय लेग स्पीनर सन्दीप यसअघि नै विश्वका नाम चलेका स्टार खेलाडीहरुसँगै मार्की खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसबाट उनलाई भाइपर्सले लिएको हो । डिजर्ट भाइपर्सको डिरेक्टरमा टम मुड्डी छन् भने मुख्य प्रशिक्षकमा जेम्स फोस्टर छन् ।

    इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करणको इन्टरनेशनल लिग टी–२० क्रिकेट आगामी वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ । जसमा ६ फ्रेन्चाइज टिमले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

    हरेक टिममा १८ खेलाडी हुनेछन् । जसमध्ये १४ खेलाडी विदेशी रहने व्यवस्था छ । भाइपर्ससहित ६ वटै टिमले आफ्नो टिममा रहने १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । हरेक टिमको बाँकी ४ खेलाडी भने यूएईकै हुनेछन् । यस्तै प्लेइङ लिस्टमा ९ जना विदेशी खेलाडी हुनेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend