logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • साताको पहिलो कारोबारको शेयर बजारमा सामान्य गिरावट,२ अर्बको कारोबार

    साताको पहिलो कारोबारको शेयर बजारमा सामान्य गिरावट,२ अर्बको कारोबार

    2.9K
    Shares

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से ७.७२ अंक ९.३७ प्रतिशत ले गिरावट हुँदा २०६०.५५ अंकमा बन्द भएको हो ।

    बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन, निर्जीवन बीमा र उत्पादनमूलक उपसूचक पनि बढेको छ । त्यसबाहेकका सबै उपसूचकमा गिरावट भएको छ । आइतबार दिनभर नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएको छ ।

    जसमध्ये रिडी हाइड्रोपावरको १२ करोड २८ लाख ५१ हजारको कारोबार हुँदा अपी पावरको १० करोड २ लाख २६ हजारको कारोबार भएको छ । दिनभर बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १३२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

    आइतबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै एनएमबि ५० म्युचुअल फण्डको इकाइमूल्य ४ प्रतिशतले बढेको छ । यता रिभर फल्स पावरको सेयरमूल्य ५.१९ प्रतिशतले गिरावट हुँदा हिमालयन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले गिरावट भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend