logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौँको रोकिएर रहेको फोहोर दुई दिनभित्रै उठाइसक्ने

    काठमाडौँको रोकिएर रहेको फोहोर दुई दिनभित्रै उठाइसक्ने

    2.9K
    Shares
    काठमाडौँको रोकिएर रहेको फोहोर दुई दिनभित्रै उठाइसक्ने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको फोहोर अब भने सबै उठाइने भएको छ । संकलन भएको लामो समयसम्म पनि पूर्ण रुपमा उठ्न नसकेको काठमाडौँ महानगरपालिको फोहोर सबै उठाइने भएको हो ।

    अब दुई दिनभित्रै काठमाडौँ उपत्यकामा रोकिएर रहेको फोहोर उठिसक्ने महानगरपालिकाले जनाएको छ। फोहोर बिसर्जन गर्ने विषायमा मेयर बालेन शाह र बञ्चरेडाडाँका स्थानीयबीच सशर्त सहमति भएको भएपनि स्थानीयले विभिन्न बहानामा फोहोर बिसर्जनमा अवरोध गर्दा प्रभावित भएको फोहोर व्यवस्थापन कार्य अब भने सहज ढंगबाट हुने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

    उनका अनुसार उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दाबढी ट्रक र टिपर प्रयोग भइरहेका छन्। यस्तै महानगरसँग बन्चरेडाँडामा फोहोर ढुवानी गर्ने १३ कन्टेनर छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend