logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राजनीतिक दलसँग निर्वाचनबारे आयोगले छलफल गर्दै

    राजनीतिक दलसँग निर्वाचनबारे आयोगले छलफल गर्दै

    2.5K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई छलफलका लागि बोलाएको छ ।

    आयोगले निर्वाचन आचारसंहिताको ड्राफ्ट राजनीतिक दलहरूलाई दिईसकेको छ । अब त्यसमा दलका केही आवश्यक सुझाव भए तिनलाई समेत समेटेर पास गर्नुपर्ने हुन्छ । त्यसैका लागि छलफल राखिएको आयोगले जनाएको छ ।

    छलफलका लागि आयोगले केन्द्रीय कार्यालय कान्तिपथमा साढे ११ बजे समय तोकेको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ । त्यस्तै ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend