logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • निर्वाचन आयोगले चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारीमा प्रतिवन्ध लगाउने

    निर्वाचन आयोगले चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारीमा प्रतिवन्ध लगाउने

    2.4K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रतिवन्ध लगाएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख छ ।

    भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको हो । यसअघिका निर्वाचनमा पनि सिमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो ।

    ‘‘बढीमा दुईवटा दुई पाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने छ,’ प्रस्तावित आचारसंहितामा उल्लेख छ, ‘तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन ।’

    यस्तै दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने प्रस्ताव पनि आचार संहितामा उल्लेख गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend