काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर ९५ हजार रुपैयाँमा कारोबार हुने भएको छ भने तेजावी सुन ९४ हजार ८०० रुपैयाँबाट घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला एक हजार १६० रुपैयाँ पर्ने महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार १६५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १६० रुपैयाँमा कारोबार हुने भएको हो ।