logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

    सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

    3.9K
    Shares
    सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

     

    काठमाडौँ । सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो ।

    २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमी हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो ।

    तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ ।

    १८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्ये स्थिर छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend