logo

२०८१ पुष १४ आइतबार

logo
  • आइतबार, १४ पुष २०८१
  • सामसङ टिभी अब नेपालमै उत्पादन हुने, उद्योगमन्त्रीले गरे फ्याक्ट्रीको शिलान्यास

    सामसङ टिभी अब नेपालमै उत्पादन हुने, उद्योगमन्त्रीले गरे फ्याक्ट्रीको शिलान्यास

    3.8K
    Shares

    काठमाडौं । अब नेपालमै सामसङ टिभी उत्पादन हुने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।

    तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले फ्याक्ट्री शिलान्यास गर्दै नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको बताए ।

    विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन उनले लगानीकर्ताहरुलाई आग्रह गरे । अहिलेसम्म नेपालमा सामसङ टिभी गोल्छा अर्गनाइजेसनले आयात गरेर बिक्री वितरण गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend