logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन: देव गुरुङ

    संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन: देव गुरुङ

    2.5K
    Shares
    संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन: देव गुरुङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताए ।

    महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिए । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उनको भनाइ थियो । उनले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend