काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आम जनसमुदायमा अपराधको अर्थ अझै पनि बुझाउन नसकेको बताएका छन् । उनले नेपालमा प्रायः जनतालाई अपराध भनेको नै थाहा नभएको उल्लेख गर्दै साक्षरता बढाउन जरुरी रहेको औँल्याए ।
नेपालमा प्रायः जनतालाई अपराध भनेको नै थाहा हुँदैन । कतिपय क्रियाकलाप हामीले गरिरहेका हुन्छौँ । त्यो अपराध होरजस्तो लाग्छ । उदाहरणको लागिस् बुबाआमाले आफ्ना छोराछोरीलाई कुट्ने गाली गर्ने अपराध हो र, मेरा छोराछोरी हो । मैले त कुट्न पाइहाल्छु नि भन्ने कुरा पनि थाहा हुँदैन । विद्यालयमा शिक्षकले विद्यार्थीलाई गाली गर्ने अपराध हो त । हामी पाइहाल्छौँ भन्छन् । अपराध के हो भनेर साक्षरता बढाउन जरुरी रहेको छ ।