काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीको दक्षिणपन्थी अवसरवाद र उनको नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट गर्नु महत्वपुर्ण रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिशा विचार विरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्यो’, खनालले पार्टी पुनर्गठनबारे प्रस्ट्याए ।
अहिले पनि थुप्रै साथीहरू विद्रोह गरेर आउने क्रम जारी रहेको भन्दै उनले आफ्नो पार्टीले समाजवादी क्रान्ति र रुपान्तरणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।
नेता खनालले ओलीले दक्षिणपन्थी अवसरवादी नीति लिएकाले विद्रोह गरेर पार्टी निर्माण गर्नुपरेको समेत बताए ।