logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मेयर बालेन : आफ्नै घरको नक्सा मसँग माग्नु भयो, अफिस गएर नक्सा र डोजर लिएर गएँ मैले के बिराएँ ?

    मेयर बालेन : आफ्नै घरको नक्सा मसँग माग्नु भयो, अफिस गएर नक्सा र डोजर लिएर गएँ मैले के बिराएँ ?

    2.4K
    Shares

    काठमाडौं । अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए । उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ ।

    सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् । डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका छन् । अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको उनको भनाइ छ ।

    ‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’ उनले भनेका छन् । अब उप्रान्त यस्तो गर्नु नपरोस् भन्ने उनको कामना छ । सबैले आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् । ‘नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ उनले भनेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend