logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अल्फाविटा कम्प्लेक्समा बिहान चर्काचर्की, दिउँसो डोजर लगाएर हटाईयो अबैध संरचना

    अल्फाविटा कम्प्लेक्समा बिहान चर्काचर्की, दिउँसो डोजर लगाएर हटाईयो अबैध संरचना

    8.4K
    Shares
    अल्फाविटा कम्प्लेक्समा बिहान चर्काचर्की, दिउँसो डोजर लगाएर हटाईयो अबैध संरचना

     

    काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचना हटाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकै उपस्थितिमा आज (बिहीबार दिउँसो) सो भवनको पार्किङ स्थलमा अवैध रुपमा निर्माण गरिएको बेसमेन्टको संरचना डोजर लगाएर हटाइएको हो । यसअघि त्यहाँका कर्मचारीहरुले केही समय दिन भन्दै सो संरचना हटाउन अवरोध सृजना गरेका थिए । तर, नगर प्रहरीले अवरोध हटाएर डोजर लगाई सो संरचना भत्काइएको हो । मेयर शाहले यस अघि सो भवनको नक्सा देखाउन कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग आग्रह गर्दा चर्काचर्की भएको थियो । पछि मेयर शाह आफैंले नक्सा ल्याएर पार्किङ स्थलमा बनाइएको सो संरचना हटाउन निर्देशन दिएका थिए ।

    काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका सबै संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यसको अवज्ञा गरेपछि मेयर शाहले आफ्नै नेतृत्वमा यस्ता संरचना हटाउने कामलाई तीव्रता दिनु भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend