logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भलिबल संघका सचिव मनवीरद्वारा महासचिव पदमा उम्मेदवारी घोषणा

    भलिबल संघका सचिव मनवीरद्वारा महासचिव पदमा उम्मेदवारी घोषणा

    7.5K
    Shares
    भलिबल संघका सचिव मनवीरद्वारा महासचिव पदमा उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले भदौ २२ गते हुने निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा बिहीवार पत्रकार सम्मेलन गरेर भदौ तेस्रो साता हुन लागेको नेपाल भलिबल संघको निर्वाचनका लागि छन्त्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    वागलुङ प्रदेश प्रतिनिधिको रुपमा संघमा स्थान बनाउँदै आउनुभएका छन्त्याल हाल भलिबल संघको सचिव पदमा छन् । यसअघि २०६९ मा भएको निर्वाचनमा उनी सदस्य चुनिएका थिए । ढोरपाटन प्रशिक्षण केन्द्रका अध्यक्षसमेत रहेका छन्त्यालले महिला डबल लिगको आयोजना गर्दै आउनुभएको छ । संघमा ६ वर्ष बिताउनुभएएका छन्त्यालले एक पद, एक ग्राउण्ड, एक रेफ्री, एक प्रतियोगिता, एक कोच, एक टिम भन्ने नाराका साथ उम्मेदवारी घोषणा गरेका छन् ।

    महिला र पुरुष समान २४ प्रतियोगिता गर्ने, क्षेत्रीय स्तरको प्रतियोगिता गर्ने, १२ महिना नै खेलाडी प्रशिक्षण र प्रतियोगितामा ब्यस्त बनाउने योजनासहित आपूmले कार्ययोजना ल्याएको दाबी गरेका छन् । महासचिव पदमा आएमा राष्ट्रिय टिमको कप्तानलाई लगातार पाँच वर्ष क्रियाशिल रहेर काम गरेको अवस्थामा कार र सन्यास लिने खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरे । नयाँ कार्यसमितिका लागि यसअघि उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरीसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend