logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने

    पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने

    7.1K
    Shares
    पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने लगभग निश्चित भएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित पत्रका सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

    नवौं रािष्ट्रय खेलकुद प्रतियोगिता शुरु हुन अब ५० दिनमात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मको तयारीको विवरण सार्वजनिक गरेको छ । असोज २३ गतेबाट मंसिर २ गतेसम्म क्यानले नेपाल टी–ट्वान्टी लिग आयोजना गर्न लागेका कारण पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा गर्ने तयारी भइरहेको हो । यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्धारित मितिभन्दा अगाडी हुने भएको छ । खेल काठमाडौंको मुलपानी र कीर्तिपुरको त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भदौै २२ गतेबाट २८ गतेसम्म हुने सम्भावना रहेको सदस्यसचिव घिसिङले बताए ।

    घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट माग गरिएकोमा पहिलो चरणमा १० करोड बजेट प्राप्त भएको बताए । पहिलो चरणमा प्राप्त भएको बजेट प्रदेशमा पठाउने काम शुरु गरिएको जानकारी दिए । सदस्यसचिव घिसिङले दोस्रो चरणमा २३ करोड र अन्तिम चरणमा बाँकी २७ करोड रकम प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

    यस्तै राखेपले पहिलो चरणमा ४० दिनको प्रशिक्षणपछि स्थगित गरेको एशियन गेम्सको तयारी नवौं राष्ट्रिय खेलकुद लगत्तै हुने जनाएको छ । यसअघि जेठ २४ गतेबाट असार २३ गतेसम्म २३ खेलको प्रशिक्षण भएको थियो । उक्त प्रशिक्षणमा २३० पुरुष र २८४ महिला खेलाडी सहभागी थिए । अहिले उक्त प्रशिक्षण स्थगित भएको छ ।

    नवौं राष्ट्रिय खेलकुदका लागि ३९३ स्वर्ण, ३९३ रजत र ६०० काश्य पदकका लागि प्रतिष्पर्धा हुँदैछ । राखेपले गण्डकीका आठ जिल्लामा प्रतियोगिता गराउने तयारी गरेको छ । प्रतियोगितामा ३६ खेलमा प्रतिष्पर्धा हुनेछ । ३६ खेलमध्ये एक टिमले अधिकतम महिलामा ३३५ र पुरुषमा ३७४ गरी जम्मा ७०९ खेलाडी संख्या हुनुपर्ने राखेपले जनाएको छ । सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी जम्मा ११ टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । राखेपले प्रतिष्पर्धामा सहभागी बन्ने ११ टिमले भदौ १५ गतेसम्म सहभागी खेलाडी संख्याको टुंगो लगाउनुपर्ने र २५ गतेसम्म खेलाडीको नामावलीसहित सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend