logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साफ च्याम्पियनसिप खेल्ने महिला टोलीको घोषणा

    साफ च्याम्पियनसिप खेल्ने महिला टोलीको घोषणा

    7.4K
    Shares
    साफ च्याम्पियनसिप खेल्ने महिला टोलीको घोषणा

    काठमाडौं । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि अन्तिम टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

    प्रतियोगिताको समूह ‘बी’ मा नेपाल सहित भुटान र श्रीलंका छन् । डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन् ।

    नेपालले उद्घाटन खेलमा सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने सेप्टेम्बर १२ मा श्रीलङ्कासँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

    अन्तिम टोली :
    गोलकिपर : अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
    डिफेन्डर : हिरा कुमारी भुजेल, अमृता जैसी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
    मिडफिल्डर : विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
    फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend