logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छः नेता भण्डारी

    नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छः नेता भण्डारी

    6.1K
    Shares
    नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छः नेता भण्डारी

     

    काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताए । उनले नेपाली काँग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए । उनले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ । नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको दाबी गरे । उनले वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न नसक्ने भन्दै देश सञ्चालनको लागि नयाँ नेतृत्वको आवश्यक्ता रहेको बताए ।

    उनले भने, ‘जो हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरु छन् । ती सबै युवाहरु टाउको बन्ने की पुच्छर बन्ने भन्ने कुरामा अल्मलिएका छन् । पुच्छर बन्न चाहन्छन्, नेतृत्व लिन चाहन्नन्, जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ । नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको छ ।यो समस्याबाट मुलुकलाई कसरी निकास दिने यसमा हामीले सोच्नुपर्छ । के वर्तमान नेतृत्वबाट नै मुलुकले निकास पाउँछ ? के वर्तमान नेतृत्वबाट हामी अघि बढ्न सक्छौँ ? मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन । उहाँहरु सत्ताको केसीमा सफल हुन सक्नुभएन । भोलिका दिनमा उहाँहरुको नेतृत्वबाट यो मुलुक अघि बढ्छ भन्ने लाग्दैन । काँग्रेसभित्र परिवर्तनको खाँचो छ । नयाँ नेतृत्वको पनि खाँचो छ ।’

    नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे । उनले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौति भएको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend