logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मन्त्री श्रेष्ठ र राईद्वारा स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण

    मन्त्री श्रेष्ठ र राईद्वारा स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण

    6.3K
    Shares
    मन्त्री श्रेष्ठ र राईद्वारा स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण गरेका छन् । आईतवार मन्त्रीद्वय राई र श्रेष्ठले उक्त क्षेत्रका सडकको निरीक्षण गरेका हुन् ।

    यो सडकखण्ड चा नारायण थानलाई जोड्न महत्वपूर्ण भएकोले तोकिएको समयमा नै सक्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडक तोकिएके समयमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मन्त्रालयले काम छिटो होस् भन्नका लागि आवश्यक कदम चाल्न आनाकानी नगर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका लागि पनि महत्वपूर्ण स्थान भएकोले यसलाई चाँडै काम सकेर पर्यटनको उत्थान गर्ने बताए ।

    उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढी सक्रियताका साथ काम गरे समय अगावै निर्माण सम्पन्न हुने उनले भने, ‘यो बाटोलाई छिटो भन्दा छिटो सम्पन्न गरेर अघि बढ्ने दिशामा मन्त्रालयको भुमिका रहनेछ, हामी यो सडकलाई बनाउन लागि परेका छौँ । तोकिएकै समयमा सडक निर्माण कार्य हुन्छ भन्ने आशा छ ।’

    यातायातमन्त्री राईले चार नारायण थानलाई जोड्ने यो मार्ग महत्वपूर्ण भएको बताए । उनले निर्माणका लागि दिइएको समय ४ महिना सकिसकेको र अब १४ महिना मात्रै बाँकी रहेको भन्दै समयमै काम सकिने प्रतिवद्धता जनाए । उनले सडक निर्माणका लागि छुटेका कुरालाई पनि समावेश गरेर समय भन्दा अगावै काम सम्पन्न गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

    उनले भने, ‘चार नारायण थानलाई जोड्ने यो मार्ग एकदमै महत्वपूर्ण क्षेत्र हो । ४ महिना बितिसकेको छ बाँकी १४ महिनामा नै मन्त्रालयले बाँकी काम सम्पन्न गर्नेछ भन्ने प्रतिवद्धता जनाउँछु । छुटेका कुराहरुलाई पनि समावेश गरेर समय भन्दा अगावै काम सम्पन्न गर्न मन्त्रालय प्रतिवद्ध छ ।’

    सडक निर्माण हुन नसक्दा इचंगुनारायणमा लाग्ने मेलामा पनि विभिन्न समस्या भएको स्थानीयहरुको गुनासो छ । उनीहरुले सडक निर्माणको काम समयमै नहुँदा तोकिएको समयमा नै काम सकिनेमा आशंका उब्जिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend