काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका औपचारिक अनौपचारिक छलफललाई लिएर भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
उनले तत्कालीन राष्ट्रपति रामवरण यादबले आयोजना गरेका औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिस्ठ व्यक्तिले नै त्यहि काम भण्डारीले गर्दा अनावश्यक सक्रियता भन्दै टिप्पणी गरेर दोहोरो चरित्र देखाएको बताए ।
भट्टराईले फेसबुकमा लेखेका छन्, ‘तत्कालिन राष्ट्रपती रामबरण यादबले आयोजना गर्नु भएका दर्जनौ औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका बरिस्ठ ब्यक्तिहरु त्यहि काम वर्तमान राष्ट्रपती बिद्यादेबी भण्डारीले गर्दा राष्ट्रपतीको अनाबश्यक सक्रियता भनि टिप्पणी गर्छन । दोहोरो चरित्र । राष्ट्रपतीको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’