logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आगामी निर्वाचनलाई लक्षित गरेर एमालेको सचिवालय गठन

    आगामी निर्वाचनलाई लक्षित गरेर एमालेको सचिवालय गठन

    2.6K
    Shares

    काठमाडौं । नेकपा एमालेले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बनाएको केन्द्रिय निर्वाचन परिचालन कमिटीको सचिवालय पनि गठन गरेको छ ।
    आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो ।

    बैठकले पार्टीका उपमहासचिव विष्णु रिमाललाई केन्दिय निर्वाचन परिचालन कमिटी र त्यसले बनाएको सचिवालयको पनि सचिवको जिम्मेवारी तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    सो अवसरमा अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउने संकल्प र दृढ आत्मविश्वासका साथ अघि बढन पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गरे । उनले आफ्नो पार्टी
    ‘आगामी सरकार एमालेको’ भन्ने मूल नाराका साथ आगामी निर्वाचनमा अघि बढने पनि स्पष्ट पारे ।

    अध्यक्ष ओलीले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्यहरुलाई कमिटीका सचिवको जानकारीमा रहि निर्वाचनको तयारीको काममा केन्द्रित हुन पनि निर्देशन दिए । एमालेले अध्यक्ष ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रिय निर्वाचन परिचालन कमिटी यस अघि नै गठन गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend