logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु

    कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु

    6.3K
    Shares
    कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु

     

    दक्षिण कोरिया । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ ।

    न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

    दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend