logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजारमा सामान्य सुधार, अर्ब बढीको कारोबार

    शेयर बजारमा सामान्य सुधार, अर्ब बढीको कारोबार

    5.6K
    Shares

    काठमाडौं । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकमा सुधार आएको छ । मंगलवार नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले घटेको छ ।

    मंगलवार कारोबारमा आएका २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको भन्दा कारोबार रकममा गिरावट आएको छ । सोमवार १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको थियो ।

    नेप्सेका १३ उपसमूह मध्ये ६ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने ७ उपसमूहको परिसूचक सकारात्मक रहेको छ । जसमा विकास बैंक ६.२३, उत्पादन तथा प्रशोधन ११.३७, अन्य समूहको ३३.८२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.६३ अंकले बढेको छ । तर बैंकिङ समूहको ०.७६, जलविद्युत १८.०९, वित्त कम्पनी १४.९५, निर्जीवन बीमा ६.३७, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले घटेको छ ।

    मंगलवार हिमालय एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार सकारात्म सर्किट लेभलमा कारोबार भएको छ । अपर हावाखोला जलविद्युत कम्पनीको ८.४५ प्रतिशतले बढेको छ । तर यता विन नेपाल लघुवित्तको शेयर मूल्य ४.७७ प्रतिशतले घटेको छ । आज नेपाल टेलिकमले ९५ करोड ७७ लाख २५ हजार बराबरको कोरोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend