logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसद पुनर्स्थापनासँग जोड्दै जबराले भने- अरु न्यायाधीशलाई सरकारले पदक दियो, मलाई महाअभियोग

    संसद पुनर्स्थापनासँग जोड्दै जबराले भने- अरु न्यायाधीशलाई सरकारले पदक दियो, मलाई महाअभियोग

    8.6K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सांसदहरुबीच सवाल जवाफ जारी छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ फर्काईरहेका छन् । सांसदहरुको एक एक प्रश्नको जवाफ दिइरहेका प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोग प्रस्तावलाई प्रतिनिधि सभा पुनर्स्थापना र नयाँ सरकार गठनसँग जोडेका छन् । उनले कारबाही गर्ने भए पाँचै जनामाथि गर्नुपर्ने भन्दै आफूमाथि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारण माग गरेका छन् ।

    ‘२८ गते (प्रतिनिधिसभा पुनर्स्थापना भएको दिन )अगाडि मैले के गरे ? २८ गते पछि मैले के गरे ? र म माथि प्रस्ताव ( महाअभियोग) आयो ?’ उनले प्रश्न गरे । उनले आफूबाहेक प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने अरु न्यायाधीशलाई सरकारले पदक दिएको पनि स्मरण गरे । जबराले भने, ‘गलत भए पाँचै जना गलत हुन्छ । नेतृत्व सबै कुरा हैन, दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’

    सांसद यशोदा सुवेदी गुरुङले फैसला विवादास्पद भएको र त्यस विषयमा चेक एण्ड ब्यालेन्स गर्ने अधिकार संसदलाई भएको बताइन् । ‘तपाईंलाई चेक एन्ड ब्यालेन्स गर्न पाउने संसदको अधिकार नै हो । यहाँ उठेका प्रश्नलाई कसरी लिइरहनुभएको छ ?’ उनले प्रश्न गरिन् । जवाफमा जबराले आफू प्रश्नबाट नभाग्ने तर प्रश्नको धरातल खोतलेर यथार्थता बुझाउनु आफ्नो दायित्व भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend