logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • बारका तत्कालीन अध्यक्ष र महासचिवले मसँग न्यायाधीश पद मागे, पद नदिँदा म विरुद्ध प्रहार भयोः चोलेन्द्र शमशेर

    बारका तत्कालीन अध्यक्ष र महासचिवले मसँग न्यायाधीश पद मागे, पद नदिँदा म विरुद्ध प्रहार भयोः चोलेन्द्र शमशेर

    8.8K
    Shares
    बारका तत्कालीन अध्यक्ष र महासचिवले मसँग न्यायाधीश पद मागे, पद नदिँदा म विरुद्ध प्रहार भयोः चोलेन्द्र शमशेर

     

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारीले आफूसँग उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका छन् । तर, सो पद नदिँदा आफूविरुद्ध आन्दोलन भएको जबराको जिकिर छ ।

    बुधबार संसद सचिवालयमा महाभियोग सुनुवाइ समिति समक्ष बयानका क्रममा उनले तत्कालीन नेपाल बार एसोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका हुन् ।

    उनीहरूले आफ्नो चेम्बरमा आएर पदको बार्गेनिङ गरेको तर आफू त्यसमा असमत हुँदा आन्दोलन चर्काएको बताए । सांसद कृष्णभक्त पोखरेलको प्रश्नको जवाफका क्रममा जबराले स्वार्थ समूहको कुरा नमान्दा आफूमाथि प्रहार भएको पनि जिकिर गरे ।

    उनले वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अस्थिर बनाउन भूमिका खेलेको आरोप लगाए । यस्तै अदालतको सानो भन्दा सानो कुरामा मिडिया ट्रायल गर्ने गरिएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend