logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनलाई १० लाख दिने हेटौंडा उपमहानगरको निर्णय

    कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनलाई १० लाख दिने हेटौंडा उपमहानगरको निर्णय

    7.6K
    Shares

    काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको निर्णय गरेको छ । उपमहानगरले महिला जनप्रतिनिधिहरुलाई कोट र सारी खर्च समेत दिने निर्णय गरेको छ ।

    उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौं‌डामा गत साउन ६ र ७ गते सम्पन्न प्रेस युनियनको ९ औं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय गरेको हो ।
    बुधबार बसेको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय स्तरको कुनै कार्यक्रम भए उपमहानगरले सहयोग गर्ने सैद्धान्तिक निर्णय अनुसार उपमहानगरले महाधिवेशनमा भएको खर्च भुक्तानी गर्न १० लाख रुपैयाँ दिने निर्णय भएको न्यौपानेले बताए ।

    युनियनको महाधिवेशनमार्फत उपमहानगरपालिकालाई देश–विदेशमालाई चिनाउन सहयोग गरेको भन्दै सहायता प्रदान गरिएको उनले बताए ।

    यस्तै कार्यपालिका बैठकले महिला जनप्रतिनिधिहरुले सिलाएको ड्रेसको खर्च दिने पनि निर्णय गरेको छ । यस अघिका महिला जनप्रतिनिधिहरुलाई कोट र सारीको खर्च दिने निर्णय भए पनि विवाद आउने भन्दै भुक्तानी भएको थिएन । तर अब नयाँ र पुराना दुवै महिला जनप्रतिनिधिहरुले कोट र सारीको एकमुष्ट खर्च पाउने भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend