काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताए । बुधवार पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको उने उल्लेख गरे । उनले अदालत विकासप्रेमी हुनुपर्ने बतए । उनले भने– ‘एउटाले कहाँ समस्या खडा गर्दिन्छ । अर्कोले कहाँ समस्या खडा गर्दिन्छ । ठ्याक्क जान्छ अदालत अदालतले ठ्याक्क रोकिदिन्छ । अनि सरकार निरिह भएर बसेको हुन्छ । अदालत विकासप्रेमी हुनुपर्दछ । निजगढ विमानस्थलको कुनै विकल्प छैन । लुम्बिनी, पोखरा होइन । निजगढमा बनाउन नदिनका लागि षड्यन्त्र किन भइरहेको छ ? मैले त्यो बेलामा के कोसिस गरेको थिए भने अरु ठाउँमा नबनाउने, निजगढमै बनाउने । बीचबाट फाइल छिर्दो रहेछ कहाँ कहाँ हो । सरकारको कुरा त थाहै नपाइँदो रहेछ । थाहा छैन भन्दोरहेछ ब्यूरोकेसी । कहाँ कहाँबाट के के सेटिङमा चल्दो रहेछ । अब पो थाहा पाउन थालियो ।’
अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नगरी गर्ने गरिएको बताए । उजले विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।
याे पनि: