logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि सम्झौता

    नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि सम्झौता

    7.8K
    Shares
    नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि सम्झौता

     

    काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि आज सम्झौता भएको छ । निफको आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र टिम क्वेटविच पाँच बर्षको लागि सम्झौता भएको हो ।

    सम्झौतामा निफको अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रवन्धक प्रशंसा पाण्डेले हस्ताक्षर गरेको उक्त सम्भौता अनुसार अब निफमा छनौट भएका चलचित्रहरु हलमा प्रदर्शन हुनेछन् र हाल काठमाडौ उपत्याकाका क्युएफएक्स हलमा प्रदर्शन हुनेछन् । भविष्यमा काठमाडौ बाहिर पनि विस्तार गर्न सकिने कुरा निफका अध्यक्ष केपी पाठकले सम्झौता हस्ताक्षरको अवसर बताउँदै महोत्सवका दर्शकले पनि गुणस्तरिय रुपमा चलचित्र हेर्न पाउने कुरा उल्लेख गरे ।

    उक्त अवसर विगत ६ बर्षदेखि नियमितरुपमा आयोजना हुदै आएको निफ नेपालको एक स्तरिय अन्तराष्ट्रिय महोत्सव भएकोले यस सहकार्यले यसको उचाई अझै बढ्ने कुरा टिम क्वेष्टका संचालक भाष्कर ढुंगानाले बताए ।

    ‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा सहित विगत ६ बर्षदेखि नियमित रुपमा आयोजना भईरहेको निफमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिइने सकिने छ । राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिष्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन पाउने कुरा जानकरी गराए ।

    राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म www.filmfreeway.com/niff2023 मार्फत पुस १०, २०७९ डिसेम्बर २५ २०२२ सम्मलाई आवेदन दिन पाइनेछ । साथै छैटौ निफ २०२३ आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म ( २०२३ मार्च १६ देखि २० तारिखसम्म) काठमाडौमा हुने कुरा पनि जानकारी गराए ।

    फेष्टिभलले निर्धारण गरेको मापदण्ड अनुसार फिल्म पेश गर्नुपर्छ । सबै आवेदन डिसेम्बर २५, २०२२ को विस्तारित (अन्तिम) समय सीमा अघि गरिनु पर्छ । अन्तिम समय सीमा भन्दापछि पेश गरिएका र मापदण्ड पुरा नगरिएको चलचित्रहरू स्वीकार गरिने छैन । निफ–२०२३ पनि अघिल्ला संस्करणहरु झै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एक शसक्त फिल्म उत्सव बन्नेमा हामी विश्वस्त रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend