काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताए । उनले न्यायाधीशले ल्याएका गलत कुराहरुमा सहभागी नबन्दा आफूबिरुद्ध महाअभियोग लगाइएको कुराहरु प्रधानन्यायाधीश जबराले राखेको पनि बताए ।
उनले भने, ‘हामीले राखेका ४ प्रश्नको जवाफ दिनुभयो । साथै त्यसमा प्रतिप्रश्नहरु पनि भए । जवाफ आएकाको प्रमाण जुटाउने र उहाँले लिएका व्यक्तिहरुसँग पनि बयान लिनुपर्ने हुन्छ । अहिले नै ठिक, बेठिक र सन्तुष्टि र असन्तुष्टिको कुरा होइन । उहाँले बयानका क्रममा आफूसँग हरेक समय गलत गराउन चाहनुभएका न्यायाधीशलाई पनि बोलाएर बयान लिनुपर्ने कुरा राख्नुभएको थियो । बयानमा उहाँले भन्नुभएको थियो तरपनि मैले न्यायपालिकाको नीति र सिद्धान्तलाई आधार मानेर मैले गलत गर्न चाहिन । त्यसैले यस्ता कुराहरु मप्रति महाअभियोग आयो । अदालतकै श्रीमानहरुको नाम लिनुभएको छ । मैले ९९ प्रतिशत न्यायपालिकाका न्याायधीश तपाईको बिरुद्धमा गए यसको कारण के थियो भन्ने प्रश्न गरेँ ।’