logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रुपन्देही २ : गृहमन्त्री खाँणसहित ३ जनाको नाम सिफारिस

    रुपन्देही २ : गृहमन्त्री खाँणसहित ३ जनाको नाम सिफारिस

    7.5K
    Shares

    बुटवल । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ रुपन्देही २ मा गृहमन्त्री बालकृष्ण खाँण सहित ३ जनाको नाम सिफारिसमा परेको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो ।

    खाँण २०७४ को निर्वाचनमा रुपन्देही ३ बाट समानुपातिकमा बसेका थिए । रुपन्देही २ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् । कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खांण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । गिरी २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए ।

    पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् । यस्तै रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend