logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा हैजा संक्रमणको ‘रेड जोन’मा

    काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा हैजा संक्रमणको ‘रेड जोन’मा

    8.1K
    Shares

    काठमाडौं । उपत्यकाका तिन पालिका हैजा को ‘रेड जोन मा परेका छन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका हुन् ।
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ ।

    काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend