logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • अब दाँत कोट्याउने सिन्का नेपालमै उत्पादन हुने, आविष्कार केन्द्रले मेसिन बनाउँदै

    अब दाँत कोट्याउने सिन्का नेपालमै उत्पादन हुने, आविष्कार केन्द्रले मेसिन बनाउँदै

    7.7K
    Shares

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।केन्द्रले आगामी वैशाखसम्म यस्तो मेसिनको निर्माण सक्नेगरी काम भएको जनाएको छ । त्यसका लागि सरकारले पनि सघाउने छ ।

    मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्नेगरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्र बीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार चालु आर्थिक वर्षमा आविष्कार केन्द्रलाई अनुदान स्वरुप ४० लाख रुपैयाँ प्राप्त हुनेछ ।

    सम्झौता पछि आफूहरु उत्साहित भएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । यो रकमबाट सिन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउने लगायत मेशिन बनाउन खर्च गरिने पुनले बताए ।

    कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यो समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने राष्ट्रिय नीतिलाई सघाउने बताए । भविष्यमा यस्तो सहयोग र सहकार्य आविष्कार केन्द्रसँग हुने मन्त्री बडूको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend