logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पदभार ग्रहण गरे टानका नवनिर्वाचित कार्यसमिती सदस्यले

    पदभार ग्रहण गरे टानका नवनिर्वाचित कार्यसमिती सदस्यले

    6.1K
    Shares

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रले पर्यटन बजारको बढवा र प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।
    शुक्रवार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा सचिव अधिकारीले यस्तो बताएका हुन् ।

    उनले पर्यटन व्यवसायीहरुलाई पर्यटन क्षेत्रमा हुने गतिविधिमा निजी क्षेत्रलाई बाहिर राखेर काम गर्छ भन्ने चिन्ता हटाउनुपर्ने बताए । सचिव अधिकारीले सरकारले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रले लगानी,रोजगारी सिर्जना गर्ने ,पर्यटन गतिविधिहरु सञ्चालन गर्ने,बजारको बढवा र प्रचारप्रसार गर्ने काम गर्नुपर्ने बताए ।

    उनले निजी क्षेत्र बिना सरकारले मात्रै पर्यटन क्षेत्रको विकास गर्ने कल्पना गर्न नसक्ने बताए । सचिव अधिकारीले राष्ट्रिय अर्थतन्त्रमा ५५ प्रतिशत निजी क्षेत्रको योगदान रहेकोले ५५ प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई बाहिर राखेर सरकार अगाडि बढ्न नसक्ने जिकिर गरे ।

    त्यस्तै, टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बास्तोलाले ट्रेकिङ व्यवसायीहरुले दिएको मतलाई घात नगरी दुई वर्षमा बोलेका कुराहरु पूरा गर्ने प्रतिवद्धता जनाए । उनले टानलाई टे«किङ व्यवसायीहरुले समय सापेक्ष अनुसारको टान चाहेकाले समय सापेक्ष अनुसारको टान बनाउन लागिपर्ने बताए ।

    उनले टानलाई व्यवसायीहरुको चाहेको जस्तो टान बनाउनको लागि सबै व्यवसायीहरुको साथ चाहिने बताए । उनले अहिलेको नेतृत्व गफमा भन्दा पनि काममा विश्वास गर्ने भएकाले काम गरेर सबै टे«किङ व्यवसायीहरु माझमा जाने बताए ।

    अध्यक्ष बास्तोलाले निर्वाचनको बेलमा घोषणा गरिएका कार्यक्रमहरु मात्रै नभएर निर्वाचनमा उपविजेता भएकाहरुको घोषणा पत्रलाई समेत थप गरेर कार्यान्वयनमा लगिने सुनाए । एजेन्सिज एशोसिएसन अफ नेपाल टान अध्यक्ष बास्तोलाले टे«किङ व्यवसायीहरुको हक, हितका लागि जस्तोसुकै स्थानमा पनि आफू उभिन तयार रहेको बताए ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend