logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • उपेन्द्रको अस्थिर चुनावी यात्रा

    उपेन्द्रको अस्थिर चुनावी यात्रा

    5.4K
    Shares
    उपेन्द्रको अस्थिर चुनावी यात्रा

    काठमाडौं । उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन । उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ। २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै दुई जिल्लाबाट उम्मेदवार भए । त्यो चुनावमा उनले मोरङमा हारे, सुनसरीमा जिते। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी– २ बाट निर्वाचित भए।

    २०७४ सालको चुनावअघि भएको भारतीय नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन– २०७२ मा सप्तरी तातेको थियो। नयाँ संविधानमा मधेसको अधिकार काटिएको भन्दै भएको आन्दोलनमा सप्तरी भारदहका राजीव राउत मारिए। एमालेको चुनावी अभियानका क्रममा सप्तरीको मलेठमा पाँचजना मारिए। जसका कारण मधेसीको मन र मत दुवै उपेन्द्रतर्फ पोखिएको स्थानीय बताउँछन्। आजको नागरिक दैनिकमा समाचार छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend