logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कोलम्बियामा विस्फोट, ७ प्रहरी अधिकृत मारिए

    कोलम्बियामा विस्फोट, ७ प्रहरी अधिकृत मारिए

    5.3K
    Shares
    कोलम्बियामा विस्फोट, ७ प्रहरी अधिकृत मारिए

     

    काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जना प्रहरी अधिकृत मारिएका छन् । राष्ट्रपति गुस्ताभो पेट्रोले ६० वर्षे द्वन्द्व अन्त्य गर्ने वाचा गर्दै आफ्नो पदभार ग्रहण गरेयता सुरक्षा बलमाथि भएको सबैभन्दा घातक हमलाको रुपमा यो घटनालाई लिइएको छ ।

    प्रहरी अधिकृतहरूको टोली गाडीबाट गस्ती गर्ने क्रममा शुक्रबार सान लुइसमा प्रहरी टोलीलाई लक्षित गर्दै गरिएको विस्फोट गरिएको थियो । उक्त घटनामा जम्मा ८ जना प्रहरी मारिएको बताइएको छ ।

    उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रपति पेट्रोले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पेट्रोले उक्त घटनालाई शान्ति खलबल्याउने घटनाको रुपमा व्याख्या गरेका छन् ।

    पूर्वविद्रोही समेत रहेका राष्ट्रपति पेट्रोले जारी विद्रोहका नेताहरूसँग पछिल्लो समय वार्ताको पहल गरिरहेका छन् । उनले यसअघि विद्रोहलाई शान्तिपूर्ण समाधान गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । जवकि विद्रोही इभान ड्युकले २०१९ मा २२ जनाको मृत्यु हुने गरी कारबम आक्रमण गरेसँगै वार्ता प्रक्रिया भंग भएको थियो ।

    यद्यपि शुक्रबारको आक्रमण कसले गराएको भनी सरकारले नाम किटान गरेको छैन । सुरक्षा स्रोतहरूले भने विभाजित विद्रोही आन्दोलनका नेताहरू त्यस क्षेत्रमा सक्रिय रहँदै आएको जनाएका छन् ।

    कोलम्बियामा १९८५ देखि २०१८ को अवधिमा सरकार, वामपन्थी विद्रोही, दक्षिणपन्थी अर्धसैनिक र लागूपदार्थ तस्करहरूबीच द्वन्द्वमा ४ लाख ५० हजार मानिस मारिएको तथ्यांक छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend