logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सामाजिक विभेद अन्त्य गर्नुपर्छः महासचिव भुसाल

    सामाजिक विभेद अन्त्य गर्नुपर्छः महासचिव भुसाल

    6K
    Shares
    सामाजिक विभेद अन्त्य गर्नुपर्छः महासचिव भुसाल

     

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरीे नागरिक स्वतन्त्रता कायम गर्न माक्र्सवादी दर्शन वैज्ञानिक भएको बताएका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा उनले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक भाषिकलगायतका विभेद विद्यमान रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताए ।

    उनले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका पक्षमा माक्र्सवादी विचार केन्द्रित रहेको उल्लेख गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए ।

    संविधान र लोकतन्त्रको रक्षाका लागि विद्रोहबाट स्थापित आफ्नो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि सक्रिय रहेको उनले बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको भुसालको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend